लोकमानले अख्तियार प्रमुखको पद सम्हालेपछि भन्नेछन्, अब म भ्रष्टाचारीहरु कसैलाई पनि बाँकी राख्दिन । सबैको बारेमा अनुसन्धान गर्छु, र जेल कोच्छु । त्यो कामको शुरुवात म जलस्रोत सचिव हुँदाका मन्त्री वलदेव मजगैयाँबाट गर्छु । मलाई थाहा छ, उनले त्यसबेला कति बदमासी गरेका थिए । मैले हामी दुवै मालामाल हौँ न त भन्दा देशलाई पो मालामाल बनाउनुपर्छ भनेर उल्टै मलाइ झपारे । म पनि के कम, उनकै गड फादर गिरिजाप्रसादलाई रिजाइदिएँ, उनलाई मन्त्रीबाट हट्न बाध्य पारेँ । जनताको सम्पतिबाट अलिकति जोगाएर त्यही खर्चबाट राजनीति गर्ने काम नगरी दाङको आफ्नो जग्गा बेचेर चुनाव लड्ने, राजनीति गर्ने मजगैया भ्रष्ट हुन् । उनी र उनीजस्ता कुनै भ्रष्ट अब बाँकी राखिने छैन ।
प्रकाशित मिति: 2013-05-06 13:02:19