अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालीकाले सुरु गरेको विवादास्पद काठमाडौं टावर निर्माण योजनाको विस्तृत छानविन गर्ने भएको छ । टेन्डर स्विकृतिको कागजात अध्ययनमै शंकास्पद आधारहरु फेला परेको भन्दै सम्झौता अघि नबढाउन निर्देशन दिएको अख्तियारले विस्तृत छानविन गर्ने भएको आजको कान्तिपुरमा खबर छ ।
'प्रारम्भिक छानविनकै क्रममा प्रशस्त कमजोरी र त्रुटी भेटेपछि संलग्न केहि कर्मचारीलाई निलम्बन गर्नुपर्ने राय सहित प्रारम्भिक प्रतिवेदन गइसकेको छ ।' एक अनुसन्धान अधिकृतले भने, त्यसका आधारमा कर्मचारीलाई कारबाही गरी अनुसन्धान थाल्नुपर्ने हुन्छ ।
तात्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी समूहको दबाबमा टेन्डर स्विकृत गरेका महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारी लगायत संलग्न अन्य कर्मचारीमाथि कारबाही थाल्ने प्रारम्भिक प्रतिवेदनले राय दिएको थियो । राय अनुसार ततल कारबाही नभए पनि अनुसन्धान विस्तृतमा गरेको अख्तियार स्रोतले बतायो ।