राजधानीका पेट्रोल पम्पहरुले नाप भन्दा कम इन्धन बेचेर उपभोक्ता ठगिरहेको पाइएको छ । बारम्बार पेट्रोल अथवा डिजेलमा ठपग भएको उजु्री पाएपछि अनुगमनमा जुटेको बाणिज्य तथा आपूर्ती व्यवस्थापन विभागले अधिकांश पम्पको नापतौलमा ठगि भेटाएको आजको कारोबारमा खबर छ ।
'अधिकांश पम्पको नापमा समस्या भेट्यौ', विभाग निर्देशक हरिनारायण बेलवासेले भने । 'उपभोक्ताले सहजै पत्ता लगाउन नसक्ने र कम तौल थाहा नपाउने भएकाले ठगि बढेको हो । यस्ता पम्पले थोरै थोरै ठगि गरि धेरै फाइदा लिएका छन् ।' उनका अनुसार यस्ता पम्पमा थप अनुगमन गरि कार्य अगाडि बढाउने तयारीमा विभाग छ । राजधानीमा भएका २ सय पम्पमध्ये विभागले २ दर्जन पम्पमा अनुगमन गरेको हो । पम्पमा राखिने डिस्प्ले पोइन्टर(मिटर)को अवस्था पनि ठिक नभएको पाइएको छ । यसो गर्दा उपभोक्ताले आफ्नो सवारीमा कति लिटर इनधन राखियो भन्ने जानकारी पाउन कठिन हुन्छ ।