गतवर्ष २३ वैशाख अर्थात आजकै दिन विहान साढे ९ बजे शनिबार सेती नदिमा आएको भिषणबाढिको एक वर्ष पुरा भएको छ । ३० जनाको ज्यान जाने र ३१ ज्ना वेपत्ता हुनेगरि गएको सो भिषणबाढीमा पिडित परिवारले सो कहालीलाग्दो घटनाको एकवर्ष पुरा हुँदा पनि सरकारले कुनै राहत नदिएको गुनासो गरेका आजको राजधानीमा खबर छ ।
बाढीमा परि शब भेटीएका परिवार तथा तिनका आफन्तले सरकारले मृत घोषणा गरि किरीयाखर्च २५ हजार र तीनका परिवारलाई जनही १ लाख रुपैया राहत स्वरुप उपलब्ध गराउने घोषणा गरेपनि पिडितले भने अझै पनि सो रकम नपाएको गुनासो गरेका छन् ।