पढिरहेकै विद्यालयमा आफ्नो छोरालाई कक्षा दश भर्ना गर्न नमानेको भन्दै एक अभिभावकले आइतबार पुनरावेदन अदालत नेपालगञ्जमा रिट हालेको खबर आजको अन्नपूर्णपोष्टमा छ ।
स्थानिय अभिभावक राधा शर्मा सुवेदीले नेपालगन्जस्थित आदर्श उच्च मावी, जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयका २४ जना कर्मचारी विरुद्ध रिट दायर गरेकी हुन् । राधाका अनुसार उनका छोरा प्रतिक विगत १२ वर्षदेखि उक्त विद्यालयमा अध्ययनरत छन् । यस वर्ष कक्षा ९ मा कम अंक ल्याएको भन्दै भर्ना लिन नमानेको राधाले पत्रकार सम्मेनल गरि जानकारी दिइन् । प्रतिकले कक्षा ९ मा ५९.८९ प्रतिशत ल्याएका छन् । राधाका अनुसार विद्यालयले प्रतिकजस्तै प्रथम श्रेणीभन्दा कम अंक ल्याउने अन्य सात जना विद्यार्थीलाई पनि भर्ना लिएको छैन । आफ्ना छोरा लगायत भर्ना नगरिएका सबै विद्यार्थीलाई पढन पाउने माग गर्दै अदालतमा रिट हालेको राधाले बताइन् ।
उनले भनिन् , 'विद्यार्थीलाई पढन पाउने अधिकारबाट बञ्चित गरियो । पहिला बच्चा चाहियो भनेर घर घरमा आए, अहिले नम्बर कम आयो भनि निकाले ।'