राजधानीमा भिषण आगलागि भएको छ । काठमाडौ महनगरपालिका वडा नम्बर १९ स्थित ढोकाटोलमा आइतबार सोँझ भएको आगलागिमा परि दुई बालक सहित १ महिला गरि ३ जनाको ज्यान गएको छ । आगलागिमा परि मृत्यु हनेमा दोलखाका तीन वर्षीय सञ्जीव शिवाकोटी र ५ वर्षीय राजिव शिवाकोटी तथा मोरङकी देवकला मगरको आगलागीमा परी मृत्यु भएको प्रहरीले बताएको छ ।
दमकल, सेना, प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा केही समयपछि आगो नियन्त्रणमा लिइएको थियो ।