लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख लगायत संवैधानिक निकायमा पदाधिकारी सिफारिश गर्न बसेको वैठकको बिचबाटै मुख्य सचिव लीलामणि पौडेल उठेर हिंडेका थिए ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी संयोजक हुने संवैधानिक परिषद्मा पौडेल सदस्य सचिव छन् ।
संवैधानिक पदाधिकारीको नियुक्ति ‘औचित्यपूर्ण’ हुनुपर्ने धारणा पौडेलले परिषद् सदस्यहरु समक्ष राख्दै आएका थिए ।
उनी वैठकलाई बिचैमा छाडेर किन हिँडे भनि मन्त्रिपरिषद् सचिवालयमा विभिन्न आशंका व्यक्त भइरहेका छन् । केहिले विराटनगर जाने कार्यक्रम भएको वताएका छन् ।
साढे एक बजे परिषद् वैठक सुरु भएका थियोे । आधा घन्टा पछि नै रेग्मीले ‘रहस्यपूर्ण’ तरिकाल बैठक स्थगित गरे । के कारणले वैठक बिचैमा रोकियो भन्ने पनि खुल्न सकेको छैन ।
परिषद् रोकेर तुरुन्तै सबै मन्त्री डाकि गणतन्त्र दिवस समारोह सम्वन्धि बैठक गरियो । ३ बजे फेरि परिषद्को वैठक सुरु भयो ।
प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार गणतन्त्र समारोहवाला वैठक बसिरहँदा पनि रेग्मीले दुई÷चारवटा महत्वपूर्ण टेलिफोन लिएका थिए ।
कामय मुकायमा प्रधान न्यायाधिश दामोदरप्रसाद शर्मा, मन्त्रीहरु माधवप्रसाद घिमिरे, माधव पौडेल र ऋद्विबाबा प्रधान परिषद् सदस्य छन् ।
प्रकाशित मिति: 2013-05-05 19:23:12