नेपाली कांग्रेसका सभापति शुसील कोइरालालले उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठकबाट अख्तियारमा लोकमानसिंह कार्कीको सिफारीस फिर्ता गरेरै छाड्ने बताएका छन्।
संबैधानीक परिषदले आजै (आइतबार)बैठक गरेर लोकमान सहितको नियुक्ति निर्णय गर्दैछ भन्ने प्रसंगमा कोइरालाले पुरानो सिफारीस कार्यान्वयन नगर्न सतर्क समेत गराएका छन्। कपिलवस्तुमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले भने,'कांग्रेस जनभावना अनुसार चल्ने पार्टी हो, लोकमानको चौतर्फी विरोध भइसकेको अवस्थामा अब उनलाई कुनै पनि हालतमा ल्याउनु हुन्न।' यसै विषयमा छलफल गर्न कोइरालाले सोमबार उच्चस्तरिय संयन्त्रको बैठक बोलाएका छन्।