नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारलाई भाषण भन्दा पनि काम गरेर देखाउन आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ पाँचथरले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता महतले यो सरकार चुनावी सरकार भएकाले मन्त्रिपरिषद्का सदस्य तथा संवैधानिक अङ्गका प्रमुखहरु राजनीतिक पार्टीहरुकाविरुद्ध भाषणबाजी भन्दा पनि जे कामको लागि आएको हो त्यहि काम गर्न भनेका छन् ।
राजनीतिक अन्यौलताबाट मुलुकलाई निकास दिनका लागि बनेको चुनावी सरकार र संवैधानिक अङ्गका प्रमुखहरुले राजनीतिक शक्तिहरुले सहयोग गरेन भन्दै भाषणबाजी गर्नुले शङ्का पैदा गरेको बताए ।