आफ्ना कार्यकर्ताको रिहाइको माग राखी मोर्चासम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषदले शनिबारदेखि गरेको अरुणपूर्व बन्दले जनजिवन कष्टकर बनदै गइरहेको छ ।
बन्दका कारण पूर्वका नौ जिल्लाअन्तर्गतका पूर्व–पश्चिम राजमार्ग, कोसी राजमार्गका साथै सहायक मार्गहरूमा बिहानैदेखि यातायताका साधनहरु चलेका छैनन् भने कलकारखाना, शैक्षीक संस्था, बजार पसल ठप्प छन् ।
चार दलको सहमतिलाई राष्ट्रिय सहमति मान्न नसकिने, सबै दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने, मतदाता सङ्कलन कार्य रोकिनुपर्ने, अवैध नागरिकता वितरण कार्य बन्द गर्नुपर्नेलगायतका माग पूरा नभएसम्म हडताल जारी रहने सो परिषद्का अध्यक्ष कुमार लिङ्देनले बताए ।