लोकसेवा आयोगको प्राविधिक पदमा लिइने परिक्षाको उत्तरपुस्तिका अब मेसीनबाट परिक्षण गरिने भएको आजको अन्नपूर्णमा खबर छ । आयोगले शनिबारदेखि सञ्चालन हुने नायब सुब्बा र खरिदार तहका प्राविधिक पदका परिक्षाको उत्तरपुस्तिका अप्टिकल मार्क रिकगिनसन मेसीनबाट परिक्षण गरिने भएको छ । आयोगको उक्त पदको परिक्षामा ५० वटा वस्तुगत प्रश्न सोध्ने गर्छ । मेसीनबाट परिक्षण गरिने भएकाले उत्तरपुस्तिका पनि पहिलेको भन्दा विशेष र भिन्न प्रकारको हुन्छ ।