करौडौ लगानीमा बनेका राजधानीका अधिकांश व्यावसायिक भवनले घर जग्गा कर नतिरेपछि महानगरपालीकाले कारबाही सुरु गरेको छ । पटक पटक ताकेता गर्दा पनि कर तिर्न अटेरी गरेपछि महानगरले कारबाही थालेको आजको कारोबारमा खबर छ ।
ठुला होटल र्याडिसन, शंकर, एभरेष्ट, द्वारिका र व्यवसाहिक भवनहरु काठमाडौ मल, आरबी कम्प्लेक्स, पुतलीसडकस्थित सेयर मार्केट लगायत कारबाहीमा पर्ने महानगरका राजश्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानाङ्गले जानकारी दिए।
उनका अनुसार यी संस्थाले सञ्चालनमा आएदेखि हालसम्म घर जग्गा कर तिरेका छैनन् । घर जग्गा भोगचलन गरेवापत महानगरमा बुझाउनुपर्ने करिब १० लाख सम्म छुट छ भने सो भन्दा माथि सम्पत्ति अनुसार मूल्याङ्कन गरेर महानगरले नै दर तोक्ने व्यवस्था छ ।