माओवादी लडाकु शिविरमा हतियार थन्काउन प्रयोग गरिएका कन्टेनर शिविरबाटै उठाएर लैजान भारतले नेपाल सरकारसँग अनुमती मागेको आजको अन्नपूर्ण पोष्टमा खबर छ । भारतीय दुतावासले गत मार्च १२मा परराष्ट्र मन्त्रालयलाई पत्र लेखि नेपाली सेना र शसस्त्र प्रहरी नियन्त्रणमा रहेका शिविरमा पूर्व निरीक्षण गर्न र त्यसपछि कन्टेनर भरततिर लैजान अनुमतीका लागि अनुरोध गरेको हो ।
माओवादी शान्तिप्रक्रियामा आइसकेपछि हतियार थन्काउन सरकारको अनुरोधमा भारतले सन २००६ देखि २८ वटा कन्टेनर उपलब्ध गराएको थियो । कोलकाता बन्दरगाहामा रहेका ति कन्टेनर हिमालयन टर्मिनल प्रालिबाट भाडातिर्ने सर्तमा रक्सौल हुँदै नेपाल ल्याइएका थिए । कन्टेनर भारत सरकारले नै रक्सौलस्मम ल्याइदिएको थियो भने त्यहाँबाट विभिन्न सिविरसम्म नेपाल सरकारले पुर्याएको थियो ।
भारत सरकारको पछिल्लो पत्रमा पटकपटकको अनुरोधपछि पनि कन्टेनरहरु भारत पढाउने काममा प्रगति नभएकाले अब आफै उढाएर लैजानै उल्लेख छ ।