विराटनगर, वैशाख १८ (सेतोपाटी)- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दल दर्ता प्रक्रिया सुरु भएपछि चुनावको माहौल बन्दै गएको बताएका छन् । मे दिवसको अवसरमा विराटनगर आएका उनले बुधबार संचारकर्मीसंग भने 'चुनावका लागि दल दर्ता ठोस पहल हो ।' उनले विस्तारै चुनावी माहौल बन्दै गएको बताए ।
नेकपा-माओवादीलाई पनि उनीहरुका मागहरुलाई सम्बोधन गरेर निर्वाचनमा सहभागी गराउनु पर्ने उनले बताए । दल दर्ता पनि नगर्ने अनि निर्वाचन भाँड्छु भन्ने दललाई नपर्खी निर्वाचनको मिति घोषणा गर्न मिल्दैन भन्ने जिज्ञासाको जवाफमा नेपालले भने, 'उहाँहरु नआउनु होला जस्तो लाग्दैन।'