आगामी वैशाख २४ गतेदेखि राजधानीमा हुन गइरहेको एएफसी प्रेसिडेन्टस कप फुटबलको तयारीमा रहेको नेपाली ए डिभिजन लिग विजेता क्लव थ्रीस्टारले
भारतको मोहन बगानलाई २- १ गोल अन्तरमा हराएको छ ।
बुधबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा जगजीत श्रेष्ठ र फेमी जोसुवाले थ्रीस्टारको लागि एक–एक गोल गरेका थिए ।
पछिल्लो समय फर्ममा रहेका राष्ट्रिय खेलाडीलाई भित्र्याउन सफल थ्रीस्टारले भारतको चर्चित क्लव मोहन बगानसँगको मैत्रीपूर्ण खेलबाट खेलपछि नेपाली टोली थ्रीस्टारको मनोबल उच्च भएको छ ।
थ्री स्टारले आजको खेललाई अर्को साता हुने एएफसी प्रेसिडेन्ट्स कपको तयारीका रूपमा हेरेको छ। लिग च्याम्पियन बनेपछि ६ नयाँ खेलाडी भित्र्याएको क्लबले मोहनबगानविरुद्धको खेललाई टिम सेटिङका लागि उपयोगहुने बताइएको छ ।
दुई वर्षमा मोहन बगानको यो दोस्रो नेपाल भ्रमण हो। गत वर्ष वैशाखमै टोली नेपाल आएको थियो। त्यति बेला टोलीले तत्कालीन लिग च्याम्पियन नेपाल पुलिससँग खेलेको थियो। खेल पुलिसले २–० को नतिजामा जितेको थियो।