आधुनिक तथा प्राविधिक शैक्षिक प्रणालीको बहस भईरहेका समयमा झापामा भने गुरुकुल शिक्षा प्रणालीप्रतिको आकर्षण बढ्दै गएको छ । शैक्षिक प्रणालीमा थपिएका विभिन्न विषय र प्राविधिक शिक्षाप्रति आकर्षण बढिरहेपनि गुरुकुल प्रणालीमा अध्ययन गराईने गुरुकुल तथा पाठसालाहरुको आकर्षण केहि बर्षयता लोभलाग्दो तरिकाले बढ्न थालेको छ।
अध्ययनपछि पुर्ण रोजगारिको संभावना तथा सुलभ शिक्षा प्रणालीका कारण पनि यस विषय तर्फ विद्यार्थीको आकर्षण बढेको पाईन्छ। संस्कृत विषय अन्य विषयको तुलनामा सुलभ तथा निर्वाह उपयोगी हुने भएकाले पनि विद्यार्थीहरुको यस विषयप्रति आकर्षण बढेको सावेद सस्कृत माध्यमिक विद्यालय चारपाने झापाका प्राचार्य दामोदर न्यौपानेले बताए ।
झापामा संस्कृत विषय अध्यापन गराईने एक दर्जन भन्दा बढि विद्यालय तथा गुरुगलहरुमा १५ सय भन्दा बढि विद्यार्थीहरु अध्ययन गरीरहेका छन । खुदुनावारी साधुटारस्थित शंकाराचार्य पिठ बेदबेदा संस्कृत पाठशालामा मात्रै ३ सय भन्दा बढि विद्यार्थीहरु अध्ययन गर्दै आएका छन । विद्यालयमा विद्यार्थीको सख्या बढि भएका कारण सयौं विद्यार्थीहरुको भर्ना रोक्नु परेको पाठशालाका प्राचार्य छन्दुराम भण्डारी बताउँछन।
यस्ता विद्यालयहरुमा आफ्ना सन्तानलाई अध्यापन गराउन पाउँदा अभिभावकहरु पनि दङ्ग परेका छन् । अन्य विद्यालयमा महंगो शुल्क तिरेर पढाउनुपर्ने बाध्यतालाई संस्कृत विद्यालयहरुले राहत प्रदान गरेको अभिभावकहरुको भनाई रहेको छ । बैधिक सनातन संस्कारको संरक्षणका लागि समेत आफ्ना सन्तानलाई सस्कृत विषय पढाएको झापा दमकका कृष्ण तिम्सिना बताउँछन।
संस्कृत विद्यालयहरुमा अध्ययन गर्दा पारिवारिक बातावरण हुने भएकाले पनि विद्यार्थीहरु संस्कृत विद्यापिठको अध्ययनमा रमाउने गरेका छन। सस्कृत विषय अध्ययन पछि समाजमा कायम हुने इज्जत र आर्थिक उपार्जनका लागि सहज हुने भएकाले पनि यस विषय अध्ययन गर्नु उपयूक्त हुने विद्यार्थीहरुको धारणा रहेको छ।
सरकारले पनि केहि बर्षयता संस्कृत विषयको पाठ्यक्रम तयार र ब्यवस्थापनमा चासो देखाएका कारण पनि यस्ता विद्यालय तथा गुरु गुलहरु संचालनमा सहजता भएको छ। जसका कारण संस्कृत विद्यालय तथा गुरुकुलहरु हौसिएर अघि बढेका छन ।