तस्करहरूले रक्तचन्दन लुकाउन काठमाडौंका गेस्ट हाउस प्रयोग गर्न थालेको खुलासा भएको छ। प्रहरीले रक्तचन्दन र तस्करीका अन्य सामान बरामद गर्न छापा मार्ने क्रमलाई तीव्रता दिएपछि तस्करहरूले त्यस्ता सामान लुकाउन गेस्ट हाउस प्रयोग गर्न थालेको खुलासा भएको हो। प्रहरीले मंगलबार बिहान ठमेलस्थित हेभन माउन्ट एभरेस्ट गेस्ट हाउसको पार्किङस्थलबाट ६५ किलो रक्तचन्दनसहित कारोबारीलाई पक्राउ गरेको थियो। आजको राजधानीमा खबर छ ।