सामुदायिक विद्यालयमा पढाइको गुणस्तर हुँदैन भन्ने मान्यता पाइन्छ । तर लमजुङमा भने अभिभावकले बोर्डिङ स्कुलमा पढिरहेका आफ्ना छोरा छोरीलाई धमाधम सरकारी विद्यालय भर्ना गर्न थालेको खबर आजको नयाँ पत्रिकामा छ ।
कतिपय सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्शित भएका हुन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम राख्न विभिन्न अभियान सञ्चालन गरेपछि विद्यार्थी पलायन रोकीएको मात्र हैन भर्ना अभियान पनि वृद्धि भइरहेको छ ।