सगरमाथको २१ हजार फिट उचाइमा तीन विदेशी आरोहीसित नेपाली शेर्पाको झडप भएको छ । सगरमाथा आरोहणका क्रममा दोस्रो र तेस्रो शिविरबीच एक साता अघि झडप भएको आजको नयाँ पत्रिकामा खबर छ ।
डोरी टाग्ने ठाँउभन्दा माथि आरोही चढेकाले हिँउको ढिक्का खसेर शेर्पालाई लागेपछि विवाद भएको थियो । माथिबाट नहिड्न आग्रह गर्दा विदेशी आरोहीले आफूहरुलाई पहिले आक्रमण गरेको शेर्पाहरुको भनाइ छ । प्रतिरक्षा गर्ने क्रममा २१ हजार फिट उचाइमा करिब डेढसय शेर्पाहरु जम्मा भएका थिए । विदेशी आरोहीले भने साना साना हिउँ खसेर लाग्ने वित्तिकै शेर्पाहरुले एकतर्फी रुपमा आफूहरुलाई आक्रमण गरेको दाबी गर्छन् ।