दाङको देउखुरीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
मंगलवार दाङ देउखुरीस्थित घोस खोलाबाट ढुङ्गा लिएर भालुवाङ तर्फ गएको लु २ त ७३३ नम्वरको ट्याक्टर हाँसिपुर १ चिसापानीमा पल्टिदा दुर्घटना भएको हो।
दुर्घटनामा चालक लालमटिया ८ मसुरियाका ४० बर्षिय सीताराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।