दोस्रो संविधानसभाका लागि नेकपा एमाले दल दर्ता गर्ने पहिलो पार्टी भएको छ । मंगलबार आयोग परिसरमा दलहरुमध्ये माओवादी र एमालेबीचमा को पहिलो भन्ने विषयमा विवाद भएपछि निर्वाचन आयोगले क्रमसंख्या पछि निर्धारण गर्नेगरि दल दर्ता गरेको थियो । नेकपा एमाले र एकिकृत नेकपाले आफूँहरु पहिला आएको भन्दै दल दर्ता पहिला गर्न पाउनुपर्ने विवाद झिकेपछि निर्वाचन आयोग परिसर तनाबग्रस्त बनेको थियो । हेर्नुहोस फोटोफिचरमा
त्यसैगरी आयोगले एनेकपा माओवादीलाई दोस्रो नम्बरमा दर्ता गर्यो भने राप्रपा नेपाललाई तेस्रो र नेपाली कांग्रेसलाई चौथो नम्बरमा दर्ता गरेको आयोगले जनाएको छ । आयोगमा मंगलबार आधा दर्जनभन्दा बढी दलहरु दर्ता भएका छन् ।