झापाको लखनपुर सडकखण्डमा दुर्घटनामा परी एक जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ३ च ५३९ नम्बरको मारुती भ्यान निर्माणाधीन गेउरिया पुलको खाल्डोमा खस्दा उक्त्त दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापा राजगढ–६ का ४५ वर्षीय उमेशनाथ शाह रहेका छन्।
सोमबार राति करिब ९ बजे भएको दुर्घटनामा शाहको घटनास्थलमै मृत्यु भएको हो । भ्यानमा सवार घाइते हुनेहरूमा राजगढ–५ का ५० वर्षीय प्रतिणतप्रसाद गणेश, ५ का ४८ वर्षीय कैलाश चौधरी, १ का २४ वर्षीय रमेश बुढाथोकी, टाघनडुब्बा–२ का ४५ वर्षीय प्रदीप घिमिरे र कुमरखोद–९ का ४५ वर्षीय कमल पोखरेलको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।