आगामी संविधानसभा चुनावका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता कार्यक्रम शुरु गर्दैछ ।
आ-आफ्नो दल दर्ताका लागि एकीकृत नेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलहरु बिहानै आयोग कार्यालय कान्तिपथ पुगिसकेका छन् ।
आयोगले आगामी जेठ १५ गतेसम्म दल दर्ताको लागि आव्हवान गरेको छ । आयोगले दल दर्ताका लागि पार्टीको विधान, घोषणपत्र, नियमावली, झण्डा, चुनाव चिन्ह, पदाधिकारीहरुको नेपाली नागरिकताको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । यस्तै केन्द्रीय सदस्य र पदाधिकारीको नाम, आय श्रोतको विवरण पेश गर्नुपर्ने हुन्छ । भने नयाँ दल दर्ताका लागि १० हजारजनाको हस्ताक्षर बुझाउनुपर्ने आयोगले जनाएको छ ।
यसअघिको संविधानसभामा प्रतिनिधित्व गरेका दलहरुलाई भने हस्ताक्षर बुझाउन नपर्ने आयोगले जनाएको छ ।
जेठ १५ गतेभित्र दर्ता नगर्ने दलले अव हुने चुनावमा भाग लिन पाउने छैनन् ।