नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक अभाव हुनुमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धकलाई प्राप्त हुने कमिसन प्रमुख कारण रहँदै आएको छ । छपाई गर्न आवश्यक कागज खरिददेखि नै प्रक्रियामा ढिलाई गरिदिए बापत निजी प्रकाशन गृह र व्यवसायीले दिने कमिसनको लोभमा महाप्रबन्धकले बर्सेनी कृत्रिम पुस्तक अभावमा भूमिका खेल्दै आएका छन् ।
शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता महाश्रम शर्माले पाठ्यपुस्तक छाप्न सरकारले केन्द्रलाई समयमै ऋण सहयोग उपलब्ध गराउँदै आएपनि किताबको कृत्रिम अभाव गराइएको स्वीकार गरे । ‘कमिसनको खेल कुन तहवाट कसरी हुन्छ,अब त्यसबारे खोजीनिती गर्नु पर्ने भएको छ, उनले भने ।’
सार्वजनिक संस्थान निर्देशन बोर्डको सिफारिसमा प्रतिस्पर्धाबाटै चुनिएका महाप्रबन्धक अनिल झाले विगतमा कमिसनको खेल रहेपनि अहिले हटाउनत आफू लागिपरेको दाबी गरे । ढिलाई हुनुमा आफ्नो नैतिक जिम्मेवारी रहेको स्वीकार्दै झाले आफ्नो नियुक्तिसंगै केन्द्रको कार्य विनियमावली संशोधन गरेर नयाँ तरिकावाट काम सुरु गरिएकेा वताए । झाका अनुसार केन्द्र ६३ करोड रुपैयाँ घाटामा छ । घाटामा गएको केन्द्रमा चामत्कारीक परिवर्तन हुन सक्दैन, उनले भने । सक्दो प्रयास गर्दागर्दै पनि पाठ्यपुस्तक छपाईमा याे वर्ष ढिला भएको छ' ।