अस्ट्रेलिया भ्रमणमा गएका पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष डा बाबुराम भट्टराई सोमबार राति स्वदेश फर्केका छन् ।
वैशाख १२ गते अस्ट्रेलीयाको भ्रमणमा गएका भट्टराईले त्यहाँ रहेका नेपालीसँग अन्तर्क्रियालगायत कार्यक्रममा सहभागी जनाएका थिए । भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गैरआवासीय नेपाली सङ्घलाई ढुक्क भएर नेपालका लगानी गर्न समेत आग्रह गरेका थिए ।
उनले गैरआवासीय नेपालीलाई नेपालको जलविद्युत्, पर्यटन र भौतिक विकासमा लगानी गर्न कुनै पनि समस्या नरहेको र नेपालमा अब राजनीतिक आन्दोलन भन्दा पनि आर्थिक आन्दोलनको आवश्यकतामा जोड दिएका थिए ।
प्रकाशित मिति: 2013-04-29 23:51:26