गृहमन्त्री माधवप्रसाद घिमिरेले बन्द र हड्तालले नेपालको अर्थतन्त्र धरापमा परेको बताएका छन् ।
गन्तव्य नेपाल पब्लिकेशनले शनिबार राजधानीमा आयोजना गरेको 'बन्दमुक्त पर्यटन' सङ्कल्प प्रस्ताव पारित विषयक कार्यक्रममा उनले विभिन्न बहानामा हुने गरेका बन्द र हड्तालले मुलुकको अर्थतन्त्रलाई धरापमा पारेकाले यसलाई रोक्नुपर्ने बताएका हुन् ।
'बन्द, हड्तालजस्ता क्रियाकलाप सदाका लागि बन्द गर्नुपर्छ, यसका लागि सरकार जस्तोसुकै कदम चाल्न पनि तयार छ, यसको प्रतिकारमा सबै व्यवसायी एकजुट हुनुपर्छ।” मन्त्री घिमिरेले बताए ।