सेतोपाटीमा किरण भण्डारीले मलाई आर्थिक मामिलामा ‘बदनाम’ भन्नु भो । ठिकै छ । मेरो अनुरोधको जवाफ पाउन अभियान थाल्नुस् । मुद्दा बनाऔं ।
१- सम्पति छानबिन सम्बन्धी लम्साल आयोगको प्रतिवेदन सार्वजनिक होस्,
२- यसमा उल्लेखित सबै उपर अख्तियारले छानविनकै मापदण्ड अनुसार मुद्दा चलाओस्,
३-अदालतले जेपी गुप्ताको सम्पतिको जुन मापदण्डमा मूल्यांकन गरी फैसला गर्यो, सोही मापदण्ड अनुसार खिलराज रेग्मी, सूर्यनाथ उपाध्याय, झलनाथ खनाल, केपी ओली, पशुपति शम्सेर, उपेन्द्र यादव लगायत सबै दलका बरियतामा तलसम्मका तीन तीन जना नेताहरूको सम्पतिको मूल्यांकन होस् ।
अन्तमा, यसमा सफलता मिलोस्–जेपी गुप्ता सेतोपाटीमा १ वर्षसम्म कमैया बस्न तयार छ ।