माटोको ढिस्कोले पुरिएर बाजुरामा दुई वालिकाको ज्यान गएको छ।
वाजुराको जयबागेश्वरी गाविस–१ पिपलगाँउमा शनीवार विहान माटोको ढिस्कोले पुरिएर ११ बर्षिया शुक बुढा तथा ८ बर्षिया प्रमिला धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जना घर पोत्ने माटो लिन गएको समयमा माटो खन्ने क्रममा माटोको ढिस्कोले दुवै जना पुरिएका प्रहरीले बताएको छ ।
मृतक बुढा कुर्पेकोट निम्न माद्यमिक विद्यालयमा कक्षा ५ मा तथा धामी कक्षा ३ मा अध्यनरत थिए। 'खबर पाएलगत्तै प्रहरी टोली घट्नास्थल पठाएको थियो ।