इण्डियन प्रिमियर लिग आईपीएलमा किङ्स इलेभेन पञ्जाबलाई ६ विकेटले हराउँदै कोलकाता नाईट राईडर्स विजयी भएको छ ।
गए राति कोलकाताको इदेन गार्डेन मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारीत २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । पञ्जावका लागि मनान भोहोराले सर्वाधिक ३१ रन बनाएका थिए । यस्तै गिलकिस्टले २७, मन्दिप सिंह २५, डेभीड हसीले २१ रनको योगदान दिएका थिए ।
मन्विन्दर बिस्लाले अविजित ५१ रन बनाएपछि जवाफमा व्याटीङ गर्न आएको कोलकाताले १ सय ५० रनको लक्ष्य १० बल बाँकी छदै ४ विकेट गुमाएर पुरा गरेको थियो । विजयी टिमका लागि इयोन मोर्गानले ४२, ज्याक खालीस ३७ रनको योगदान दिएका थिए ।
शुक्रबारको जितपछि ८ खेलबाट ६ अंक जोडेको कोलकाता अंक तालिकाको सातौं स्थानमा छ यस्तै समान ८ खेलबाट ८ अंक बटुलेको पञ्जाव पाँचौं स्थानमा छ ।
रोयल च्यालेनजर्स बैंङलोरको ८ खेलबाट १२ अंकका साथ तालिकाको शिर्ष स्थानमा रहेको छ । समान खेलबाट समान अंक भएको चेन्नई सुपर किङ्गस नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । सनराईजर्स हैदरावाद ८ खेलबाट १० अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ ।