नेपालको सर्वाधिक पुरस्कार राशीको नकआउट फुटबल प्रतियोगिता 'गोर्खा कप' को लागि गोर्खा ग्रुपले अखिल नेपाल फुटबल संघ एन्फालाई ६० लाख प्रायोजन सम्झौता गरेको छ ।
शुक्रबार राजधानीको होटल एभरेष्टमा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा र गोर्खा ग्रुपका प्रतिनिधि प्रेमबहादुर वेघाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
तीन वर्षका लागि गरिएको सम्झौता अनुसार गोर्खा ग्रुपले पहिलो वर्ष २० लाख र त्यसपछिका हरेक वर्षमा थप १५ प्रतिशत रकम गरि एन्फालाई रकम उपलब्ध गराउने छ ।
नेपालका ए डिभिजनका टोलीबीच हुने नकआउट प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख र हरेक सहभागिले ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष गोर्खा कपको उपाधि नेपाल पुलीस क्लबले जितेको थियो ।