सुनचाँदीको भाउमा यो महिना लागेसँगै तीव्र उतारचढाव आएको छ । महिनाको पहिलो साता मूल्यमा तीव्र गिरावट आएको सुनको भाउ क्रमश उकालो लाग्ने क्रममा छ । वैशाखको पहिलो सातामा दुई दिन लगातार ३३ सय र ३ हजारले भाउ घटेर ४९ हजार ५ सय रुपैयाँमा सम्ममा कारोबार भएको थियो ।
तीन चार र पाँच गते स्थिर रहेको सुनको भाउ वैशाख ६ बाट उकालो लाग्न थालेको छ ।
यो साताको अन्त्यमा अर्थात आज नेपाली बजारमा सुनको भाउ छापावला प्रतितोला ५१ हजार ९ सय तथा तेजावी ५१ हजार ७ सय ८४ रुपैँयामा कारोबार भइरहेको छ । यो भाउ बिहीबारको भन्दा १ हजार रुपैयाँले बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकाले नेपालमा पनि मुल्य वृद्धि भएको महासंघले जनाएको छ ।
गएको बुधबारदेखि तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ भने शुक्रबार भने थोरै अर्थात तोलामा २० रुपैयाँ बढेको छ । हप्ताको अन्तिम दिन आज चाँदीको भाउ ९ सय १० रुपैयाँ पुगेको छ ।