‘तथ्य समाचारका लागि फोटो पत्रकारिता, फोटो नै जिवन हो’ भत्रे मूल नारासहित आज फोटो पत्रकारिता दिवस मनाइदै छ । यसै अवसरमा राष्ट्रिय फोटो पत्रकारिता समूहले राजधानीमा प्रभातफेरी कार्यक्रम गरेको छ । भृकुटीमण्डपबाट सुरु गरिएको प्रभातफेरी न्युरोड हुँदै असन, इन्द्रचोक हुँदै भृकुटीमण्डवमै आएर समापन भएको थियो ।
आजकै दिन अर्थात विसं.१९८४ बैशाख १३ मा वीरगन्ज निवासी सूर्यमती श्रेष्ठले आफ्नो कपासको बगैँचामा बसी कामधेनु चर्खाबाट धागो कात्दै गरेको फोटो पहिलो पटक गोरखापत्रमा छापिएको दिनको सम्झनामा केही वर्षयता हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको छ ।