एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' साताव्यापी चीन भ्रमण पूरा गरी शनिबार राति स्वदेश फर्किएका छन्। आफ्नो चीन भ्रमण ऐतिहासिक, सफल र उपलब्धीपूर्ण भएको त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बताए।
नेपालको आर्थिक विकासमा आफ्नो छलफल केन्द्रित भएको बताउदै अध्यक्ष प्रचण्डले नेपालको आर्थिक विकासका लागि सहयोग गर्न चीन तयार रहेको समेत बताए।
वैशाख १ गते चीन गएका एमाओवादी अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा भ्रमणका क्रममा प्रचण्डले चीनका राष्ट्रपति सी जीनपिङ, चिनियाँ उपराष्ट्रपति ली युनचाव, चिनियाँ विदेश मन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरु, व्यवसायी, लगानीकर्ताहरु, चिनियाँ बुद्धिजीवी तथा विज्ञहरूसँग भेटवार्ता गरेका थिए।
तस्विर:क्रान्ति मगर