पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफ पक्राउ परेका छन् । इस्लामाबादस्थित निवासबाट उनलाई गएराती प्रहरीले पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ । पाकिस्तानको एक अदालतले सन् २००७ मा ६० जना न्यायाधीशलाई नजरबन्द बनाएको अभियोगमा दोषी ठहर मुसर्रफ विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
अदालतले मुसर्रफलाई थुनामा राखेर वा धरौटीमा मुद्धाको पूर्पक्ष गर्ने भन्ने निर्णय शुक्रबार गर्दैछ । लामो समयको निर्वासनपछि मुसर्रफ आगामी महिना हुने आम निर्वाचनमा सहभागी हुन स्वदेश फर्किएका थिए ।
इस्लामाबाद उच्च अदालतले मुशर्रफ़लाई विहिबार गिरफ्तार गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशलाई गैरकानुनी रुपमा हिरासतमा राखेको मुद्दामा मुशरर्फलाई गिरफ्तारको आदेश दिएको केहि समयमै मुशर्रफ अदालत परिसरबाटै भागेका थिए ।
मुशर्रफ सन १९९९ मा सैनिक कु र अपदस्त गरि पाकिस्तानको सत्तामा आएका थिए ।
२००९ मा देश छोडेर निर्वासनमा गएका मुसर्रफ त्यसको चार वर्षपछि गत महिना मात्र आगामी मे मा हुने चुनावमा भाग लिन स्वदेश फर्किएका थिए ।
अदालतले मुसर्रफका वकिल र प्रहरीको आग्रहमा दुई दिन उनलाई फार्महाउसमै नजरबन्दमा राख्न अनुमति दिएको छ । मुसर्रफको पक्राउमा विवादस्पद भनाइ बाहिर आएका छन् । प्रहरी प्रशासनले गए राति उनकै निवासबाट पक्रेको बताए पनि मुसर्रफका समर्थकहरुले शुक्रबार बिहान अदालतमा गएर स्वम् न्यायालयको आदेश पालना गर्न आत्मसमर्पण गरेको बताइरेका छन् ।