जिल्लाका बिभीन्न ठाँउमा बर्डफ्लु को संक्रमण भएको बेला थप दुई ठाँउमा पनि यसको संक्रमण फेला परेको छ। जिल्ला पशुसेवा कार्यालय झापाका अनुसार बिहिवार मात्र भद्रपुर , मेचिनगर, चन्द्रगढी र पृथ्वीगनगरमा बर्डफ्लुको संक्रमण भएको पुष्टी भएको हो । यो सँगै जिल्लाका १० ठाँउमा बर्डफ्लु भेटिएको पुष्टी भएको छ।
सो कार्यालयका अनुसार भद्रपुर ८ का कृष्ण सापकोटा , चन्द्रगढि ४ का धनकुमार लिम्बु , मेचिनगर ११ का सोभा कार्की र पृथ्वीनगर ५ का प्रेमकुमार जोगीको घरमा पालीएका कुखुरामा बर्डफ्लु भेटिएको हो।
जिल्ला पशुसेवा कार्यालयले बर्डफ्लु पुष्टि भएका ति ठाँउका कुखुरा बिहीवारै नष्ट गरेको कार्यालयले जनाएको छ। सापकोटा फर्मका ३ सय ९३ बोइलर, लिम्बुको ४१ स्थानिय जातका कुखुरा सहित २५ वटा अण्डा , कार्कीको घरमा पालेको ८० वटा स्थानिय जातका कुखुरा , २ हाँस र १२ अण्डा नष्ट गरीएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख जगदिश पाण्डेले जानकारी दिए । बर्डफ्लु पुष्टी भएको पृथ्वीनगरमा बिहीवार समय अभावका कारण शुक्रबार जिल्ला पशु प्राविधिक सहितको टोली त्यसतर्फ जाने उनले बताए ।