दुईलाख १७ हजार चार सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै महोत्तरी दनौली गाविसका सचिव शत्रुधन मिश्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परे । गत चैत २२ गते जेल सजायको माग गर्दै उनी विरुद्ध विशेष अदालतमा मुद्दा चलाइयो ।
सिराहास्थित कृषि विकास बैंक सुखीपुर शाखाका सहायक कर्मचारी रामरिझन यादब नक्कली शैक्षिक प्रमाणपत्र निलम्बित भए । उनीविरुद्ध बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाकट नक्कली प्रमाणपत्र ल्याएको अभियोग जरिबाना र जेल सजाय माग गर्दै गत पुस २७ मा अदालतमा मुद्धा दायर गरियो । अध्यागमन कार्यालयका सहायक योलक्ष्मणकुमार दुलाल विरुद्ध ४५ हजार घुस लिएको अभियोगमा चैत २२ गते अख्तियारे भ्रस्टचार मुद्दा चलाइयो ।
यी भए तल्लो तहका कर्मचारी विरुद्ध चलाइएका भ्रष्टाचारका मुद्दाका केही उदाहरण । अख्तियारले माथिल्लो तहको भ्रष्टाचारमा भने अझै पनि हात हल्लाएको छैन । भ्रष्टाचार निवारण ऐनले कारबाहीमा सानोठूलो नभने पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन । अन्नपूर्ण पोष्टमा खबर छ ।