गुडिरहेको पर्यटक गाडीमा सडकमाथिबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ ।
मुग्लिन–नारायणघाट सडकखण्डको जलबिरे नजिकै मंगलबार विहान करिव ११ बजे भएको घटनामा सिन्धुपाल्चोकका पर्यटक गाइड सन्तोष तामाङको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा दुईजना पर्यटक र अर्का एक गाडीका चालक रहेका छन् । घाइतेहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौबाट चितवन पुगेर पोखरा जाँदै गरेको बा १ ञ ८८७ नम्बरको पर्यटक गाडीमा सडकमाथिबाट खसेको ढुंगाले लागेको थियो ।