नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको स्टार एकेडेमीलाई तीन विकेटले हराएको छ । आगमाी साता बर्मुडामा हुने विश्व क्रिकेट लिग डिभिजन थ्रिको तयारीमा रहेको
नेपालले भारतमा जयपुर स्टारले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य ४४ ओभरमा सात विकेटको क्षतिमा भेटाएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
नेपालको जितमा शरद भेषवाकारले अविजित ४४, पृथु बास्कोटाले ३६, कप्तान पारस खड्काले १०, विनोद भण्डारीले ९ रन बनाएका थिए ।
सोमबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको जयपुर स्टारले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो।
स्टारलाई सस्तैमा समेट्ने क्रममा नेपालाका सञ्जम रेग्मी र बसन्त रेग्मीले समान ४–४ विकेट लिए भने अमृत भट्टराईले थप एक विकेट लिएका थिए ।
स्टारका लागि टोमरले सर्वाधिक ५८ रन बनाएका थिए।