नियामक निकाय समाजकल्याण परिषद्ले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले बुझाएको र अपारदर्शी आईएनजीओबाट संकलन गरेको अर्बौ रुपैयाँ बराबरको भौतिक सम्पत्ति बेपत्ता पारेको छ ।
केही थान थोत्रा सवारीसाधन बाहेक आइएनजीओबाट हालसम्म बुझेको सम्पत्तिको विवतरण परिषद्सँग छैन्, समाजकल्याण ऐन २०४९ र नियमावलीले कार्याविधि सकिएका र नियमानुसार काम नगर्ने आइएनजीओलाई कारबाही गरी उनीहरुको सबै भौतिक सामग्रीको जिम्मा लिने अधिकार परिषद्लाई दिएको छ । ऐन र नियमावलीअनुसार यसअघि फेजआउट भएका र हाल अपारदर्शी भनी परिषद्ले कारबाही प्रक्रियामा लगेका ४८ वटा आईएनजीओको सम्पत्ति विवरण परिषद्सँग हुनुपर्छ ।
‘आईएनजीओले बुझाएको सम्पत्ति विवरण हामीलाई थाहा हुँदैन, माथिल्लो तह (निर्देशक वा सदस्यसचिव) सित माग्नुहोला,’ परिषद्का अन्तर्राष्ट्रिय संघसंस्था समन्वय शाखाका प्रमुख शिवकुमार बस्नेतले भने ‘माथिल्लो निकायबाटै परिषद्का गोप्य सूचना नदिनु भन्ने आदेश आएको छ, म तपाईलाई यसबारे बताउन असमर्थ छु ।’आजको कारोबारमा खबर छ ।