सनराइज बैंकको कर्जा नतिरेपछि पर्यटनमन्त्री रामकुमार श्रेष्ठको (श्रीमती सरस्वतीको नाममा सेयर) लगानी रहेको मनकामना क्रसर उद्योग कालोसूचीमा परेको छ । श्रेष्ठसहित पाँच साझेदारले बैंकको ५ करोड ९३ लाख रुपैयाँ नतिरेपछि कर्जा सूचना केन्द्रले चैत २३ गते कम्पनीलाई कालोसूचीमा राखेको हो ।
'सम्पत्ति लिलामका लागि तेस्रो पटक लिलामको सातदिने सूचना प्रकाशित गर्ने प्रक्रिया अघि बढिसकेको छ,' बैंकसम्बद्ध स्रोतले भन्यो, 'यसमा पनि लिलाम नभए सम्पत्ति बैंकको नाममा आउँछ ।' श्रेष्ठको एमाओवादी अध्यक्ष प्रचण्डसँग निकटताको कारण कसैले लिलाम सकार्न नचाहेको बतायो । 'अहिले त झन् मन्त्री पदमा छन्,' स्रोतले भन्यो, 'कसैले हिम्मत गर्लाजस्तो छैन ।'
धितोको सम्पत्ति बैंकले स्वामित्वमा लिन कम्तीमा तीन पटक सूचना प्रकाशित गर्नुपर्छ । स्वामित्व हस्तान्तरण गरिसके पनि आफूलाई समेत कालोसूचीमा तानिएको भन्दै पुनरावेदन अदालतमा मुद्दा चलिरहेको मन्त्री श्रेष्ठले बताएको खबर आजको कान्तिपुरमा छापिएको छ । । 'कालोसूचीमा राखेर अन्याय गरिएको छ,' उनले भने, 'विवाद अदालतमा विचाराधीन छ ।'
श्रेष्ठसहित पाँच साझेदारले बैंकको ५ करोड ९३ लाख रुपैयाँ नतिरेपछि कर्जा सूचना केन्द्रले चैत २३ गते कम्पनीलाई कालोसूचीमा राखेको हो ।