केहि समययता औषधि विक्रीवितरणको अनुमति पत्र भाडामा दिने क्रम बढेको पाइएको छ । औषधि व्यवस्थापन विभाग विरजन्ज साखाले हालै गरेको अनुगमनमा ८० प्रतिसत भन्दा बढि असम्बन्धीत व्यक्तिले औषधिपसल चलाएको भेट्टाएको हो । औषधिपसल अनुमतिपत्र दिनेमा विभागले कडाइ गरेपछी भाडामा दिनेको संख्या बढेको कान्तिपुरमा खबर छ ।
फर्माशिष्ट फार्मेसी सहायक वा तालीमप्राप्तले मात्र औषधि विक्रीले वितरणको अनुमतिपत्र पाउने प्रावधान छ । नाफाको निश्चित रक बाढफाड गर्ने मासिक रुपमा रकम दिने सहमतीमा लाइसेन्स भाडामा दिएको पाइएको उनले बताए । कार्यालयका फार्मेसी निरिक्षक सिद्धार्थ लुईटेलका अनुसार असम्बन्धित व्यक्तिले पसल चलाउँदा औषधिको मात्रा त्यसको साइटइफेक्टबारे जानकारी ग्राहकलाई दिन सक्दैंनन मानिसको जिउज्यानसँग प्रतक्ष सरोकार राख्ने औषधि विक्री वितरणमा व्यापक लापरवाहि भेटीएको उनले बताए । अर्काको अनुमतिपत्रमा औषधि विक्रिवितरण गर्नेलाई औषधि ऐन २०३५ले जन्मकैद सम्मको व्यवस्था गरेको छ ।