गणतन्त्र घोषणापछि बनेको सरकारले राज्यकोषको अधिकांश रकम अनियन्त्रित रुपमा दलका नेता कार्यकर्तालाई बाढेको पाइएको छ । २०६५ भदौ ९ गते गणतान्त्रिक सरकार गणन भएदेखि गत फागुन सम्म झन्डै ७० करोड रुपैयाँ यसरी बाढेको आजको अन्नपूर्णपोष्टमा खबर छ ।
यस अवधिमा एमाओवादीका अध्यक्ष प्रचन्ड वरिष्ठ नेता माधव नेपाल एमाले अध्यक्ष झलनाथ खनाल एमाओवादी नेता वावुराम भट्टराई प्रधानमन्त्री भए । गणतन्त्र आएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री दाहाल देखि निवर्तमान प्रम भट्टराई सम्मको कार्यालयका विवरण हेर्दा सरकारका तर्फवाट आर्थिक सहायता र चन्दा रकम बाढ्न प्रतिश्पर्धा नै गरेको देखिएको छ । अर्थ मन्त्रालयले तयार पारेको यि चार पूर्वप्रमको खर्च विवरणमा राज्यकोषको रकम जथाभावि वितरण गरिएको स्पस्ट पारिएको छ । वितरण अनुसार चारै जना प्रधानमन्त्रीले ठुलो रकम दलका नेतालाई बाढेका छन् । साहयता रकम मनोमानी बाढिएको गुनासो आएपछि राष्ट्रपति रामवरण यावदले अर्थमन्त्री शंकर कोइलालाई गत साता सितल निवासमै बोलाएर सबै विरण उपलब्ध गराउन निर्देशन दिएका थिए । त्यसपछि अर्थ मन्त्री कोइराललाले प्रधानमन्त्री र आर्थिक साहयता निकासमा एक झलक शिर्षकमा विवरण तयार पारेर राष्ट्रपतिलाई बुझाएका छन । खर्च विवरण अनुसार प्रधानन्याधिस खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार बन्नु अघि सम्म ५६३ दिन प्रधानमन्त्री बनेका भट्टराईले राज्यकोषबाट चन्दा स्वरुप १७ करोड १९ लाख ७५ हजार २ सय १६ रुपैयाँ बाढेका छन् । गणतन्त्रपछि छोटो अवधी अर्थात २०४ दिन प्रधानमन्त्री भएका एमाले अध्यक्ष खनालले ११ करोड ९९ लाख ७८ हजार १ सय २८ रुपैंया बाढेका थिए । बढि अवधि ६२२ दिन प्रधानमन्त्री बनेका एमाले नेता नेपालको कार्याकालमा ३२ करोड २२ लाख ५३ हजार ९ सय ८२ रुपैया चन्दा बाढिएको छ । २ सय ८० दिन प्रधानमन्त्री भएका एमाओवादी अध्यक्ष दाहालले चन्दा स्वरुप ८ करोड ४५ लाख ४२ हजार ९ सय ३७ रुपैया बाढेका थिए ।