नेपाली बजारमा सुनको मुल्य एकैदिन ३३ सय रुपैयाले घटेको छ । शुक्रबार ५५ हजार ८ सय प्रतितोलामा कारोबार भएको सुन सोमबार ३३ सय घटेर ५२ हजार ५ सयमा कारोबार भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा गत सातादेखि सुनको भाउ ओरालो लागेपछि नेपालमा पनि सुनको मुल्यमा भारी गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १ सय ६० डलरले कमी आएको छ । शुक्रबार १ हजार ५ सय ६० डलर प्रति औंसको हाराहारीमा रहेको सुनको मूल्य सोमबार बिहान १ हजार ४ सय ५० को हाराहारीमा झरेको छ ।
भारतमा पनि सुनको मूल्यमा १५ सय भारतीय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार गत शुक्रबार ५५ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको सुन सोमबार तोलाको ५२ हजार ५ सयमा कारोबार भइरहेको छ त्यस्तै चाँदीको मूल्य पनि ७० रुपैया घटेर प्रतितोला ९ सय ३५ रुपैयामा कारोबार भैरहेको महासघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि डलरको भाउ भने मजबुत भएको छ ।