वैदेशिक रोजगारीमा जाने युवाका लागि विनाधितो दिइएको राज्यकोषको ३ करोडभन्दा बढी रकम लगानीकर्ताकै बेवास्ताका कारण डुबेको छ र सरकारले रोजगार प्रवद्धन आयोजनाको सिफारिसमा विपन्न वर्गका युवालाई रोजगारीका लागि विदेश जान विभिन्न बैंकमार्फत लगानी गरेको ४ करोड ६३ लाख ७८ हजार ६ सय ७६ रुपैयाँमध्ये ३ करोड २४ लाख ९० हजार ६२ रुपैयाँ डुवेको हो ।
स्रोतका अनुसार वैदेशिक रोजगारीका लागि दिइएको सो रकम लगानीकर्ताकै बेवास्ताका कारण ११ बर्षसम्म उठ्न सकेको छैन् । आर्थिक बर्ष २०५८र०५९ को बजेट मै व्यवस्था गरी रोजगार प्रवर्द्धन आयोगको सिफारिसमा एक बर्षभित्र किस्तावन्दीमा ऋण असुल गर्ने गरी रकम बाँडिएको आजको राजधानीमा खबर छ ।
तत्कालीन सरकारले वैदेशिक रोजगार कार्यान्वयन निर्देशिका २०५९ जारी गरी आर्थिक बर्ष ०६०र६१ देखि ०६२र०६३ सम्म राज्यकोषको उक्त रकम वितरण गरेकेा थियो । सो कार्यमा बैंक अफ काठमाण्डौं, नविल र नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत रकम दिइएको थियो