धनुषामा हुँदै नभएको सडक निर्माण गरेको देखाएर कर्मचारीले १ करोड १४ लाख रुपैयाँ भ्रष्टचार गरेका छन् । राष्ट्रपति रामवरण यादवको घरसम्म बाटो पुर्याउने नाममा समेत भ्रष्टचार भएको छ । कागजमा २५ वटा सडक निर्माण तथा मर्मत गरेको देखाएर १ करोड १३ लाख ९८ हजार ३ सय ८३ रुपैयाँ भ्रष्टचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भनुषाका स्थानिय विकास अधिकारी, ८ जना इन्जियर, लेखा अधिकृत, सडक उपभोक्ता समितिका पदाधिकारीसहित ८७ जना विरुद्ध शुक्रबार विषेश अदालतमा मुद्धा दायर गरेको आजको अन्नपूर्ण पोष्टमा खबर छापिएको छ ।