राजधानीमा सम्पन्न 'काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३'मा २५ वटा छोटा चलचित्रलाई उछिन्दै लघू चलचित्र सुन्यले …बेस्ट सर्ट फिल्म (फिक्सन) विधाको अवार्ड पाएको छ। शिक्षामा सबैको पहुँच बिषयमा आधारित यो चलचित्रले पुस्कारसँगै ट्रफी र १० हजार रुपैयाँ पनि पाएको छ।
फेस्टामा 'बेस्ट सर्ट फिल्म (डक्युमेन्ट्री)को उपधि गोविन्द नेपाल निर्देशित 'चौरी गोठ तर छैन'ले जितेको छ।
दोलखाको शैलुङमा चौरी पाल्नेहरुको समस्यामा आधारित यो वृत्तचित्रको निर्देशन गोबिन्द नेपालले गरेका हुन्।
इशु लामा शाक्य निर्देशित छोटो चलचित्र 'द वाईन ओपनर'ले 'जुरी अवार्ड' जित्यो। 'पब्लिक च्वाईस अवार्ड' भने डिपी शाह चक्रवर्ती निर्देशित भक्तपुर, बोडेको तिब्रो छेड्ने जात्रामा आधारित बृत्तचित्र 'मेप्वाया'ले प्राप्त गर्यो।
जनयुद्धको समयमा राज्य र माओबादी दुबै पक्षबाट बेपत्ता पारिएकाहरुको पीडामा आधारित गणेश पाण्डे निर्देशित बृत्तचित्र 'अन्तिम सन्देश'ले 'इनकरेजमेन्ट अवार्ड' जित्यो। 'बेस्ट म्यासेज फिल्म'को अवार्ड जनकपुर परिक्रममा आधारित बृत्तचित्र 'महायात्रा'ले प्राप्त गर्यो।
चलचित्र विकाश बोर्डका सदस्य निलहरि काफ्लले 'फिचर फिल्म' नचलीहरको बेला राजधानीमा तीन दिनसम्म सम्पन्न छोटा फिल्मको महोत्सवले दर्शकमा छोटा फिल्म हेर्न उत्साह बढाएको बताए।
राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा महोत्सव चलेको थियो। महोत्सवमा प्रतियोगी ३६ र अप्रतियोगी ४ गरी ४० ओटा छोटा चलचित्र एवं वृत्तचित्र प्रदर्शन गरिएको थियो।