एक जना प्रहरीले कतिजनाका सुरक्षा दिन सक्छ ? अन्तर्राष्ट्रिय प्रचलन अनुसार २०० नागरिक बराबर एक प्रहरी हुन्छ । तर, नेपालमा एक प्रहरी बराबर ५ सय जनाको जिम्मेबारी रहेको हुन्छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकामा एक प्रहरी बराबर चार सय ९८ नागरिक छन् । उपत्यकाका तीन जिल्लामा ४५ लाख ३ हजार बासिन्दा बस्छन् । तर प्रहरीको संख्या ९ हजार ४३ मात्र छ । अहिले उपत्यकामा एक प्रहरीले ४ सय ९८ जनाको सुरक्षा हेर्नुपर्ने हुन्छ ,प्रहरी प्रबक्त्ता केशब अधिकारीले आजको नयाँ पत्रिकालाई बताए ।
त्यस्तै तराइका जिल्लमा ७ सय ७१ बराबर एक प्रहरी कार्यरत छन् । प्रहरी प्रधान कार्यालयका अनुसार तराईका २० वटा जिल्लामा १५ हजार २ सय ९३ प्रहरी कार्यरत रहेका छन् ।तराइमा ३ सय ५० नागरिकबाट एक प्रहरीको माग छ । यस्तै हिमाली जिल्लामा भने पर्याप्त जनशक्ति रहेको प्रहरीले जनाएको छ ।