काठमाडौं, चैत ३१ (सेतोपाटी)– महाभारत टेलिश्रृङ्खलामा युधिष्ठिरको भूमिका खेलेका गजेन्द्र चौहान शनिबार विराटनगरमा नेपाली ढाकाटोपीमा झुल्किए । उनले ‘हिन्दू संस्कृति’ को संरक्षण र विस्तार अभियानमा ऐक्यवद्वता जनाउन नेपाल आएको बताए ।
भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँग आवद्ध नेपाल हिन्दू स्वयंसेवक संघको निमन्त्रणामा नेपाल आएका चौहान भारतीय जनता पार्टीका सांसद् समेत हुन् ।
‘हिन्दू सांस्कृतिक रक्षा दौड’को उद्घाटन गर्दै चौहानले ओलम्पिक खेलमा नेपाललाई प्रतिनिधित्व गरेका धावक जितेन्द्र चौधरीलाई खेल अगुवाइको प्रतीक स्वरुप ‘मशाल’ हस्तान्तरण गरेका थिए ।
तस्बिर ः संजीव खनाल
प्रकाशित मिति: 2013-04-13 23:03:40