काठमाडौ,आगामी पाँच वर्षभित्र उपत्यकाका सबै नदीलाई ढलविहीन गराइ नदीनमा स्वच्छ पानी बगाइने भएको छ । शहरी विकास मन्त्रालय अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलगायतका सरेकारवालाउक्त अभियान थालेको आजको गोरखापत्रमा खबर छापिएको छ ।
अभियानको शुभारम्भ गर्दै सहरी विकासका विकासमन्त्री छविराज पन्तले बाग्मती नदी र सहरको रसफाइमा मन्त्रालयकले कुनै कसर बाँकी नराख्ने बताएका छन् । सबै जुटे नदी सफा गर्न सकिने बताउँदै मन्त्री पन्तले बाग्मतीको दुबै किनारामा ढल निर्माणको काम भइरहेकोले उक्त काम पुरा भएपछि बाग्मती सफा हुने दबी गरे ।
पसुपति क्षेत्रमा ढलबिनाको बाग्मती भइसकेकाले अबको एक वर्षभित्रमा शंखमुल सम्म विस्तार गरिने र दुई वर्ष भित्रमा सुन्दरीजलदेखि बल्खु सम्मको बाग्मती ढलरहित हुने बताइएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष महेशबहादुर बस्नेतले पाँच वर्ष भित्र उपत्यकाका सबै नदीलाई ढलविहीन बनाउन नदीका दुबै किनाराम वृक्षारोपण गरि ढललाई व्यवस्थित गरिने बताए ।