धरान, चैत २८ (सेतोपाटी) –आयोजक धरान फुटबल क्लबलाई पाखा लगाउँदै नेपाल आर्मी धरानमा जारी १५ औं वुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
घरेलु दर्शकको राम्रो समर्थन पाएको धरानलाई २ का विरुद्ध ३ गोल अन्तरले पछि पार्दै आर्मीले फाइलन यात्रा तय गरेको हो । आर्मीका लागि टेकबहादुर वुढाथोकीले दुई गोल गरे भने अन्तिम तथा निणार्यक गोल विकर्ण श्रेष्ठले गरेका थिए । धरानको लागि दुवै गोल प्रकाश वुढाथोकीले गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको सुरुआातमा आक्रमक रुपमा प्रस्तुत भएको धरानका लागि खेल सूरुभएको १६ मिनेटमा प्रकासले बिक्रम लिम्बुको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । आफैले कर्नरवाट लिम्बुलाई पास दिएर उनले मिलाई दिएको बललाई प्रकाशले जाली चुमाएका हुन् । पहिलो हाफको इन्जुर समयमा आर्मीका टेकवहादुर वुढाथोकी गोल गर्दै खेल बराबरीमा प¥याएका थिए । उनले भरत खवासको वान टच क्रस पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । उनको गोल सगै पहिलो हाफ बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा धरानभन्दा केही शसक्त रुपमा मैदानमा देखा परेको आर्मीका लागि प्रकासले नै १६ औ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । उनले राजु तामाङको पासमा दोस्रो गोल गरेका थिए । एक गोलले पछि परेको धरानका लागि अन्तिम गोल म्यान अफ दि म्याच प्रकासले नै गरेका थिए । उनले दोस्रो हाफको २३औं मीनेटमा दिपक राईको वान टच पासमा आर्मीका गोल रक्षक गंगाराम देउजा समेत विट भएको अवस्था गोल गरेर खेल बराबरी मा पु¥याएका थिए ।
निर्धारित समयमा २—२ बराबरीमा खेल सकिए पछि थपिएको १५ मिनेटको समयमा आर्मीका लागी विकर्ण श्रेष्ठले अन्तिम तथा निर्णायक गोल गरे । उनले आतिरिक्त समय सुरुवातको २ मीनेटमा राजु तामाङको फ्रिकिक प्रहारलाई टंक वस्नेतले लिएको हेड पास सदुपयोग गर्दै गोल गरेका थिए । दोस्रो हाफमा मैदानमा नवयुग श्रेष्ठको ठाँउमा मैदानमा प्रवेश गरेका श्रेष्ठको गोलसँगै आर्मीले गोल्डकपमा दोस्रो पटक फाइनल प्रवेशको मौका पायो ।
आर्मीले अब फाइनलमा बिहीबार हुने हङकङ नेपाली महासंघ र थ्री स्टार विचको विजेता सँग चैत ३१ मा खेल्नेछ । पाएका सुनौला अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको धरानका प्रशिक्षक सागर घिमिरेले प्रतिक्रिया दिए । उनले रेफ्रीको गलत निर्णयका कारण पनि धरानका खेलाडीको उत्साह घटेको दाबी गरे । आर्मीका प्रशिक्षक साईला महर्जनले भने खेल प्रति सन्तुष्टि जनाए । उनले फाईनलका लागि अझ तयारी गर्ने बताए ।
बिहीबारको बुढासुब्बा गोल्डकप
हङकङ नेपाली महासंघ विरुद्ध थ्री स्टार क्लब